काठमाडौं । नेपाली बजारमा लगातारजसो बढिरहेको सुनको मूल्यले बुधबार थप बढेर नयाँ कीर्तिमान बनाएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ७०० रूपैयाँ पुगेको छ ।
अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । मंगलबार पनि छापावाल सुनकाे मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेर रेकर्ड कायम भएकाे थियाे । उक्त दिनको तुलनामा सुनको मूल्य तोलामा दुई हजार दुई सय रूपैयाँले बढेको हो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार एक सय २० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको हो । उक्त दिन चाँदी प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS