काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।
आज एकै दिन सुनको मूल्य प्रतितोला पाँच हजार १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा सनको कारोबार भएको थियो ।