काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।