काठमाण्डौँ । सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु १ सयले घटेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार ४ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ९ सय रूपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेकाे छ । यस दिन चाँदी प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ रूपैयाँमा काराेबार भइरहेकाे छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
FACEBOOK COMMENTS