काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ ।
सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
सरकारले प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य अघि बढाइएको पोखरेलले बताए । उनका अनुसार विस्थापनबाट प्रभावित परिवारलाई राहतमार्फत तत्काल सहयोग पुर्याउने उद्देश्यले रकम वितरण गरिएको हो ।
राहत वितरणसँगै प्रभावित परिवारका समस्या समाधानका लागि आवश्यक अन्य पहलसमेत अघि बढाइएको सरकारको भनाइ छ ।
उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको पोखरेलले जानकारी दिए ।