काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक स्वीकृत गरेको छ ।
आज बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक,२०८३, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ स्वीकृत भएका हुन् ।
विधेयक स्वीकृत गर्नुअघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले आजै दिनुभएको छ । राष्ट्रियसभाको अर्को बैठक असार २२ गते बोलाइएको छ ।