काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानी काठमाडौँमा आफूहरूले गरेको स्वागत कसैका विरुद्ध नभएको बताएका छन् ।
साथै उनले पूर्वराजालाई स्वागत गर्दा नै ठूलो हलचल मच्चिएको भन्दै आन्दोलन गर्नुपरेकाे अवस्थामा हालत के होला भनेर प्रश्नसमेत गरेका छन् ।
प्रतिनिधिसभाको आज (बिहीबार) काे बैठकमा बाेल्दै उनले यस्ताे धारणा राखेका हुन् ।
यस्तै उनले ‘फागुन २५ गते पूर्वराजालाई स्वागत गर्दा राजतन्त्रविरोधीहरूको मुटु हल्लियो, कलेजो थर्क्यो, धर्ती फाट्यो, आकाश फुट्यो भने वर्तमान व्यवस्थाविरुद्ध आन्दोलन गर्नुपरेको अवस्थामा हालत के हुन्छ’ भन्दै प्रश्न गरेका छन् । उनले यो विषयलाई स्मरणमा राखेर मात्र पूर्वराजाका विषयमा सवाल उठाउन पनि चेतावनी दिए ।
उनले राजा फर्किने सम्भावनालाई कमाजोर नआँक्न समेत भने ।
‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओ चाहिँ कसरी फर्किन्छन् र जनतालाई ऊल्लू बनाइराखेको ?,’ उनले प्रश्न गर्दै भने ।
सांसद शाहीले राजासहितको प्रजातन्त्र नेपालको संविधानले नचिन्ने पनि बताए ।
सरकारलाई रामहरि खतिवडाको प्रश्न– पूर्वराजाले संविधान मान्नु पर्छ कि पर्दैन ?
FACEBOOK COMMENTS