काठमाडौं । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने एकमात्र नेपाली कम्पनी हो हिमालय एअरलाइन्स् ।
हाल चीनको राजधानी बेइजिङका साथै पाँचवटा सहर अनि नेपालको श्रमगन्तव्य मुलुकका विभिन्न विमानस्थलहरूमा उडान गरिरहेको यो एअरलाइन्स् कम्पनी चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्टसँगको ज्वाइन्ट भेञ्चरमा सञ्चालित छ ।
सन् २०१४ अगष्ट १९ मा स्थापना भएको यो कम्पनीले २०१६ मे ३१ देखि आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो । करिब यो एक दशकको अवधिमा कम्पनीले प्राकृतिक प्रकोपहरूलगायत विभिन्न उतारचढाव झेलेको छ । तर, कुनै पनि समस्याहरूबाट विचलित नभइ निरन्तर आफ्नो कर्म र उद्देश्यप्राप्तीमा लागिरहेको हिमालय एअरलाइन्स् भविष्यमा १० वटा एयरक्राफ्ट नेपालमा ल्याएर १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउन चाहान्छ । तर, अहिले एउटा एयरक्राफ्ट किनेर नेपाल ल्याउनुपर्यो भने १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।
यसलाई जोखिम मोलेर पुँजी लगानी गरेबापत सरकारलाई ‘पेनाल्टी’ तिर्नुसरह भएको बताउँछन् हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ ।
यही विषय नेपालको एभिएसनको विकासमा तगारो बनेको समेत उनले बताएका छन् । यस्तो अवस्थामा उड्डयन क्षेत्रमा थप लगानीको सम्भावना र भविष्यलगायत विषयहरूमा केन्द्रित रहेर विस्तृत कुराकानी गरेका छौँ । प्रस्तुत छ, उपाध्यक्ष श्रेष्ठसँग कर्पोरेटका ज्योति जीसीले गरेको कुराकानीको सम्पादित भिडिओ अंश–
जहाज खरिदमा १३% भ्याट र टर्बाइन फ्युलको महङ्गो मूल्य उड्डयन क्षेत्रको विकासका बाधक हुन्
पूरा अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस्–
FACEBOOK COMMENTS