काठमाडौं । अनर नेपालले चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफरहरू ल्याएको छ । दसैं र तिहार नजिकिदै गर्दा अनरले सबैलाई धमाकेदार अफरहरूका साथ रमाइलो गर्ने मौका दिएको हो । यहाँसम्म कि थाइल्याण्ड घुम्न सकिने सपना पनि पूरा हुन सक्छ ।
अनर किन्नुस्, थाइल्याण्ड घुम्नुस् अभियान
अनर नेपालले ‘अनर किन्नुस्, थाइल्याण्ड घुम्नुस्’ अभियान ल्याएको छ, जुन सेप्टेम्बर १७ देखि नोभेम्बर ७ सम्म चल्नेछ । यस अवधिमा कुनै पनि अनर स्मार्टफोन किन्दा ‘खल्ती’को दामी क्यूआर ह्वील घुमाउने मौका पाइनेछ र थाइल्याण्ड घुम्ने मौका, अप्रिलिया एसआर १२५ वा नयाँ हनर म्याजिक भी२ जस्ता धमाकेदार पुरस्कारहरू जित्न सकिनेछ । साप्ताहिक रूपमा मार्शल स्पिकर र अनर २०० जस्ता पुरस्कारहरू र दैनिक रूपमा अनर च्वाइस इयरबड्स एक्स५ र स्काइकेइ जीटी वाचजस्ता उपहारहरू पनि छन् । खल्तीको दामी क्यूआर स्क्यान गरी ह्वील घुमाएर यी पुरस्कार जित्न सकिनेछ ।
अनर २०० सिरिज – क्यामेरा पनि बबाल, अफर पनि बबाल
अनरका मुख्य स्मार्टफोनहरू अनर २०० प्रो र अनर २००, पर्वका यादगार क्षणहरू कैद गर्न उपयुक्त साथी हुन् । एआई-शक्तियुक्त पोर्ट्रेट क्यामेराले तपाईंका तस्बिरहरूलाई झन् सुन्दर बनाउँछ । यो विशेष अफरमा हरेक खरिदमा १३ हजार नौ सय ९९ रूपैयाँ बराबरको निःशुल्क अनर च्वाइस वाच पाइनेछ । यो अफर १५ अक्टोबर २०२४ लागू हुनेछ ।
अनर एक्स९बी पर्व अफर – एक्स९बी पनि बबाल, अफर पनि बबाल
अनर एक्स९बी किन्न चाहनुहुन्छ भने अनर नेपालले हरेक खरिदमा सात हजार नौ सय ९९ रूपैयाँ बराबरको निःशुल्क अनर च्वाइस हेडफोन दिनेछ, जसले तपाईंलाई उत्कृष्ट अडिओ अनुभव दिन्छ । यो अफर दसैंका लागि १५ अक्टोबर २०२४ सम्म उपलब्ध छ । साथै अनर एक्स९बी किन्दा तपाईं पनि ‘अनर किन्नुस्, थाइल्याण्ड घुम्नुस्’ अभियानमा सहभागी भएर थाइल्याण्डको यात्रामा जान पाउनुहुनेछ ।
अनर एक्स६बी – स्मार्टफोन पनि, स्मार्टवाच पनि
अनर नेपालले अनर एक्स६बी अफर ल्याएर थप रमाइलो गरेको छ । अनर एक्स६बी किन्दा स्काइकेइ जीटी वाच जुन तीन हजार नौ सउ ९९ रूपैयाँ पर्छ, मात्र नौ सय ९९ रूपैयाँमा प्राप्त गर्न सक्नुहुनेछ । यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य छ ।
अफर चलिरहेका सबै अनर स्मार्टफोन खरिद गर्दा तपाईंले ‘अनर किन्नुस्, थाइल्याण्ड घुम्नुस्,’ अभियानमा सहभागी हुने मौका पाउनुहुनेछ, जसले थाइल्याण्ड यात्राहरू, मार्शल स्पिकरहरू र अनर च्वाइस इयरबड्सजस्ता आकर्षक पुरस्कारहरू जित्न मौका दिनेछ ।
FACEBOOK COMMENTS