काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ।