काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले पुष महिनासम्ममा २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार जारी बीमा लेखको संख्या १३ लाख ९५ हजार रहेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीले पुष महिना मात्रै ४१ अर्ब ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने पुष महिनामा जारी बीमा लेखको संख्या २ लाख ४७ हजार ७ सय ६८ रहेको छ । यो अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरन्स रहेकाे छ । कम्पनीले २ अर्ब ६ करोड ५ लाख आर्जन गरेको हाे ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५० करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमा शुल्क नेशनल इन्स्योरेन्सकाे रहेकाे छ । कम्पनीले ४९ करोड ४० लाख आर्जन गरेको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले पुष महिनासम्म ७ प्रदेशमा २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै, नेपाल बीमा प्राधिकरणका अनुसार प्रदेश नम्बर १ को हिस्सा मात्रै १ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ रहेको छ । सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने प्रदेशमा बाग्मती प्रदेशको रहेको छ । यस प्रदेशले १३ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने प्रदेशमा कर्णाली प्रदेश रहेको छ ।
यस प्रदेशले १ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । त्यसपछी सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने प्रदेशमा लुम्बिनी प्रदेश रहेकाे छ । यस प्रदेशको १ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ ।
FACEBOOK COMMENTS