इजरायली आक्रमणमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुग्यो
कर्पोरट खबर
2:55 pm, शनिबार, जेठ २३, २०८३
A view of the rubble of buildings hit by an Israeli airstrike, in Gaza City, Tuesday, Oct. 10, 2023. Israel has launched intense airstrikes in Gaza after the territory’s militant rulers carried out an unprecedented attack on Israel Saturday, killing over 900 people and taking captives. Hundreds of Palestinians have been killed in the airstrikes. AP/PTI(AP10_10_2023_000241B)
- इजरायली सैन्य कारबाहीमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुगेको छ भने १० हजार ८७० जना घाइते भएका छन्।
- युद्धविराम सम्झौता भए पनि हिजबुल्लाहको अस्वीकार र इजरायलको आक्रमण जारी रहँदा हजारौँ सर्वसाधारण प्रभावित भएका छन्।
काठमाडौँ । इजरायली सैन्य कारबाहीका क्रममा लेबनानमा मृत्यु हुनेको संख्या बढेर ३ हजार ५५८ पुगेको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार २ मार्चदेखि जारी हमलामा हालसम्म १० हजार ८७० जना घाइते भएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा यो तथ्याङ्क उल्लेख गरिएको हो ।
मन्त्रालयका अनुसार पछिल्ला तीन महिनामा भएका इजरायली हमलाबाट हजारौँ सर्वसाधारण प्रभावित भएका छन् ।
इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौता कार्यन्वयन गर्ने सहमति भएपनि हिजबुल्लाह समुहले अस्वीकार गरेपछि इजरायलको लेबनानमाथिको आक्रमणम जारी रहेको छ । साथै इजरायलले पनि लेबनानमाथि युद्धविरामको सहमति पछि पनि जारी राखेको छ ।
