काठमाडौं । नेपाल मोबिलिटी सोलुसन्सले नयाँ राइड शेयरिङ एपम ‘जुमजुम’ सञ्चालनमा ल्याएको छ ।
नेपाली कम्पनी एफ१सफ्ट ग्रुपको विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित एप, जुमजुमले नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने कम्पनीले बताएको छ ।
प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्रयाकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झटरहित यात्राको अनुभव सुनिश्चित गर्ने बताइएको छ । जुमजुमले ड्राइभरहरूका लागि प्रमाणिकरण प्रक्रियाहरू र एपभित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
जुमजुमले पहिलो तीन सवारीहरूमा ७५% छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले रू. १०००/– ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्छन् । प्रारम्भिक दुई हप्ताको लागि ०% कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जति धेरै राइड त्यति कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरु दैनिक बोनस रू. २०००/– सम्म कमाउन सक्ने छन् ।
सुविधाहरु
eSewa मार्फत सजिलो भुक्तनीः जुमजुममा भक्भधब डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले भक्भधब मार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नुहुनेछ ।
मलटिपल बुकिङः जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नुहुनेछ ।
गुगल म्यापः जुमजुमसंग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्नुहोस् । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव सक्नुहुनेछ ।
बुक फर ए फ्रेन्डः जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नुहुनेछ ।
बीमा कवरेजः बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि रु.५ लाख सम्मको बिमा प्रधान गर्दछ ।
FACEBOOK COMMENTS