![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । ज्योति विकास बैंकले फागुन १४ गतेका लागि वार्षिक साधारण सभा गर्ने बोलाएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले फागुन १४ गते साधरण सभा बोलाउने निर्णय गरेको हो । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् । बैंकले माघ २९ देखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्रै उक्त लाभांश र सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS