काठमाण्डौं । कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका थिए ।
प्रदेशसभामा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे । देउवाले नौ हजार चार सय २३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो ।
प्रदेशसभामा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी भए । बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गरे ।
यसअघि यो क्षेत्रमा नेकपा एमालेका लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित भएका हुन् । बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरे ।
FACEBOOK COMMENTS