काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय मार्फत काठमाडौं जिल्ला क.म.पा. वडा नं. ३०, मैतिदेवी स्थित मैतिदेवी मन्दिरलाई मिति २०७९ साल असोज ३० गते शुक्रबार सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले क.म.पा. वडा न. ३० का वडा अध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य श्री दल बहादुर कार्कीलाई उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए । साथै बैंकले मन्दिर दर्शन गर्न आउनुहुने भक्तजनहरुले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ मन्दिर परिसर डीजीटल डोनेशन बक्स समेत राखेको बैंकले जनाएको छ ।
कार्यक्रममा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्यहरु, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रतिबद्धता जाहेर गरेका थिए