काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कोइराला निवास पुगेका छन्।
संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेका हुन्।उनीहरूले नेता शेखर कोइरालासँग भेटवार्ता पनि गरेका छन्।
‘कोइराला निवासमा उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।