काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न आफू लागिपरेको बताएका छन् ।
मङ्गलबार प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को १०औँ महाधिवेशनमा बोल्दै ओलीले देशको विकासमा आफूले ध्यान दिइरहेको बताएका हुन् ।
उनले मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकरात्मक हुनुपर्ने बताए । प्रतिपक्षीले सरकारकाे बदनाम मात्र गराइरहेको उनको आरोप थियो ।
FACEBOOK COMMENTS