काठमाण्डौ- कुमारी बैंकले विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका बैंकले कमलपोखरीस्थित श्री कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।
कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री राजिब गिरिले विद्यालयका प्रधानाध्यापक श्री मन बहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS