काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो शेयर रजिष्ट्रार परिवर्तन गर्ने निर्णय गरेको छ ।
संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको सूचनाअनुसार हाल शेयरधनीहरूको शेयर नामसारी विवरण राख्ने तथा शेयरसँग सम्बन्धित अभिलेख व्यवस्थापनको कार्य गर्दै आएको एनएमबि क्यापिटल लिमिटेडसँग भएको सम्झौताको अवधि समाप्त भएपछि आगामी कार्यकालका लागि नयाँ व्यवस्था गरिएको जनाएको हो ।
सञ्चालक समितिको १४७औँ बैठकले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त प्रभु क्यापिटल लिमिटेड, काठमाडौंलाई आगामी एक वर्षका लागि वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय भएको कम्पनीका सचिव दामोदर रेग्मीले जानकारी दिए ।