![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ ।
बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिएका थिए ।
सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताए ।
यो पनि पढ्नुहोस्–
केपी ओली नेतृत्वको अब बन्ने सरकारमा माओवादीका सांसदहरु पनि सम्मिलित हुनेछन् : शेरबहादुर तामाङ
FACEBOOK COMMENTS