काठमाडौं । पूर्वी चीन सागरमा बुधबार बिहान ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनएससी)का अनुसार भूकम्पको केन्द्रविन्दु २७.५२३ डिग्री उत्तरी अक्षांश र १२८.४१८ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पको केन्द्रको गहिराई ३३ किलोमिटर मापन गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु जापानको नागासाकी सहरबाट करिब ५९७ किलोमिटर दक्षिण–दक्षिण–पश्चिम दिशामा पूर्वी चीन सागर क्षेत्रमा रहेको छ । नेपाली समयअनुसार बिहान ८ बजेर एक मिनेट जाँदा भूकम्प गएको हो । हालसम्म धनजनको क्षतिको सूचना प्राप्त भएको छैन ।
सुनामीसम्बन्धी कुनै आधिकारिक चेतावनी जारी नभए पनि यस क्षेत्रमा धेरै टापु तथा तटीय भूभाग रहेका कारण स्थानीय प्रशासन सतर्क अवस्थामा रहेको छ ।
यसअघि, नेपाली समयअनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा हिन्द महासागर क्षेत्रमा पनि ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । एनएससीका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु १.४३७ डिग्री उत्तरी अक्षांश र ९५.५०३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो भने यसको गहिराई १० किलोमिटर मापन गरिएको थियो ।