काठमाडौं । महिन्द्रा फोर ह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले ‘महिन्द्रा केयर फेस्ट–२०८१’ सुरू गरेको छ ।
आजदेखि आगामी २३ गतेसम्म सञ्चालन हुने केयर फेस्ट वरिष्ठ कलाकार निर्मल शर्मा ‘गैंगा’, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठलगायतले संयुक्तरूपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अग्नि ग्रुपका क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकारद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरूका साथै अन्य अतिथि र ग्राहकवर्गहरूको उपस्थिति थियो । ग्राहकहरूलाई थप सुविधा र सुलभ अवस्था सृजना गर्न कम्पनीले केयर फेस्ट आयोजना गरेको हो । आज उद्घाटन गरिएको
यो ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाइल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरूको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ । महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्ने छन् ।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमाझैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ । कम्पनीले महिन्द्राका सर्टिफाइड ‘प्रि–वन्ड’ गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौँ, भैरहवा, इटहरी पोखरा र चितवन शाखाहरूमा उपलब्ध रहेको बताइएको छ ।
