विराटनगर । मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले खानतलासी गरेको छ ।
प्रहरीले अपरेसनका क्रममा घर वरपर सर्वसाधारणको आवतजावत र सवारीसाधन सञ्चालन समेत रोकेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडक अवरुद्ध पारिएको थियो ।