काठमाडौं । अटोमोबाइल क्षेत्रका लागि आगामी बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भन्सार विभागसँग छलफल गरेको छ ।
आज बुधबार नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटसम्बन्धी सुझावहरू पेश गरेका छन् । सो अवसरमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे ।
सोही क्रममा महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए ।
छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS