सुरेन्द्र कुमार उप्रेती (सुरेश)
महासचिव, नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल
प्रबन्ध निर्देशक, श्री एसटीसी ग्रुप
नाडा अटो शोको यो संस्करणमा खासगरी अटोमोबाइल कता जान्छ, यसको सिनारियो के छ, अबको प्रस्पेक्टिभ के रहन्छ र कसरी चल्छ भन्ने कुरालाई हामीले ध्यान दिएका छौँ । यही कुरालाई उजागर गर्न पनि यो शो महत्वपूर्ण रहने छ ।
यसपटक प्रदर्शनकर्ता मात्रै होइन हाम्रा छिमेकी राष्ट्र चीन र भारतको अटोमोबाइल एसोसिएशनका प्रतिनिधिहरू पनि आउँदै हुनुहुन्छ । नेपालको अटोमोबाइल क्षेत्र क्रमशः राम्रो हुँदै जान थालेको सङ्केतहरू मिलिरहेको बेला नेपालको अटोमोबाइल क्षेत्रप्रति उहाँहरूले पनि विशेष चासो राखिरहनुभएको छ । त्यसबाट हामीले पनि केही कुरा सिक्ने अवसर पाउनेछौँ । अटोमोबाइल रोड सेफ्टीलाई यो शोले बढी फोकस गरेको भएर पनि विगतका भन्दा यो शो भिन्न रहने छ ।
श्री एसटीसीको उपस्थितिको विषयमा कुरा गर्दा यो पटकको नाडा अटो शोमा श्री एसटीसी ग्रुपअन्तर्गत श्री एसटीसी प्रालिले उत्पादन गरेको ‘भीआरएलए ब्याट्री’लाई हामीले विशेष महत्व दिएर प्रदर्शन गर्दैछौँ । यो नेपालमा पहिलोपटक उत्पादन भएको ‘स्टार्ट ब्याट्री’ हो । नेपालमा उत्पादनमात्र होइन यसलाई निर्यात गर्न पनि सकिन्छ भन्ने सन्देश दिनका लागि हामीले भीआरएलए ब्याट्रीलाई यो शोमा उतारेका छौँ र हामी निर्यातको तयारीमा पनि छौँ ।
नेपालमा अटोमोबाइल विस्तार भइरहेको र एसेम्बल उद्योग लागिसकेको अवस्थालाई दृष्टिगत हामीले अब कम्पोनेन्ट उद्योगलाई प्राथमिकता दिनुपर्छ र यसलाई बढाउँदै लैजानुपर्छ । नेपालका प्रडक्ट गुणस्तरीय र स्तरीय पनि बनाउन सकिन्छ । ती उत्पादनलाई नेपालको बजारमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार र स्ट्याण्डर्डको भएकाले बाह्य बजारसम्म पठाउन सक्छौँ भन्ने सन्देश दिन चाहान्छौँ । हामीले जापानी स्ट्याण्डर्ड जीआईएस ५०३२ लाई फलो गरेर बनाएका छौँ । विश्वका ठूला–ठूला नाम चलेका म्यानुफ्याक्चर कम्पनीले पनि यही स्ट्याण्डर्डमा बनाएका हुन्छन् । भनेपछि त्यही स्ट्याण्डर्डमा नेपालमै बनाएर सर्वसुलभ मूल्यमा बिक्री गरिरहेका छौँ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS