काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १६औं संस्करणको नाडा अटो शो-२०२४ सुरू भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाडा अटो शोको उद्घाटन गरेका छन् ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन चल्नेछ ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो-२०२४ मा साना-ठूला गरी १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्राण्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ ।
FACEBOOK COMMENTS