काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनी हाल किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन्। उनी २०७९ साउनमा किसान लघुवित्तको सीइओ नियुक्त भएका थिए।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो । कोषको रिक्त कार्यकारी निर्देशकका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पङ्गेनी, विश्व मोहन अधिकारी र डा. शिवहरि श्रेष्ठको नाम सर्ट लिस्टमा परेको हो । ती नामहरूबाट सरकारले कार्कीलाई नियुक्त गरेको हो ।