काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो–२०२६ को औपचारिक उद्घाटन भएको छ । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा सुरू भएको नाइमा एक्सपोको औपचारिक उद्घाटन गरिएको हो ।
एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरे ।
साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।
एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पो सुरू, ५५ ब्रान्डका सयौँ गाडी प्रदर्शन हुने