काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को विधान संशोधन गर्न प्रस्ताव गरेको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष जय शिवाकोटीले विधान संशोधनको प्रस्ताव एफएनसीसीआईको सचिवालयमा बुधबार दर्ता गराएका छन् ।
‘नेपाल उद्योग वाणिज्य महासंघको विधान २०४९ (छैठौं संशोधन) को दफा ६६.१ (ख) अन्तर्गत विधान संशोधनका लागि प्रस्ताव विधानकोे व्यवस्था अनुसार पेस होस्’ भन्दै उनीहरूले बुँदागत रूपमा आफ्नो प्रस्ताव पेस गरेका हुन् ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई सम्बोधन गरी पेस गरिएको प्रस्तावमा महासंघको विद्यमान विधान २०४९ (सातौँ संशोधन)को आवश्यकता विगतका साधारणसभाहरूबाट महसुस हुनाका साथै विषय समेत उठेको र संशोधनको प्रयास समेत भएको उल्लेख गरिएको छ ।
‘विद्यमान राज्य संरचना र व्यापार व्यवसायको विस्तारलाई दृष्टिगत गरी समय अनुकुल एवम् व्यवसायीहरूको प्रत्यक्ष सहभागिताका साथै महासंघप्रति अपनत्वका लागि यी सबै दस्तावेजमा समयानुकुल संशोधन जरुरी भइसकेकोबारे सबैले महसुस गरेका छन्,’ प्रस्तावमा भनिएको छ, ‘अबको संशोधनले २०७३ सम्ममा गरिएको छैठौँ संशोेधनले सम्वोधन गर्न नसकेका र परिवर्तित शासन व्यवस्थाका कारण हाम्रो सक्रियता र गहन भूमिकाका लागि समेत तीन वटै तहका सरकारहरूसँग र स्थानीय निकायसँग सहकार्य गर्न संशोधन गरिनु जरुरी भइसकेको छ ।’
महासंघको सूसञ्चालनका लागि उक्त विधानका साथै नेपाल उद्योग वाणिज्य महासंघ नियमावली २०६३ तथा निर्वाचन आचारसंहिता २०६३ समेत संशोधन गर्नुपर्ने संघको भनाइ छ ।
यस्तो छ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले गरेको संशोधन प्रस्तावहरू–
vidhan-sansodhan
FACEBOOK COMMENTS