काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको जनाएको छ ।
सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
यसअघि प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।
डेडिकेटेड र ट्रङ्कलाइनको बिल नतिर्ने अर्घाखाँची सिमेन्टसहित चार उद्योगको बिजुली काटियो
FACEBOOK COMMENTS