काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताउनुु भएको छ ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुुनुुपर्नेमा जोड दिनुुभयो । अध्यक्ष अग्रवालले भन्नुुभयो, ‘लगानीमैत्री वातावरण निर्माणका लािग पहिलो आवश्यक्ता सुरक्षाको प्रत्याभूूति नै हो ।’ स्वदेशी लगानीकर्ताको मनोवल उकास्न सरकारले अविलम्व लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति हुने गरी नीतिगत व्यवस्था गर्नुुपर्दछ ।
विदेशी लगानीकर्ताहरुको सुुरक्षाको प्रत्याभूूतिका लागि दुुईपक्षीय लगानी प्रवद्र्धन तथा सुुरक्षा सम्झौता गरिएजस्तै आन्तरिक लगानी प्रवद्र्धनका लागि पनि ठोस नीतिगत व्यवस्था हुुनुुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । लगानी वातावरण, रोजगारी श्रृजना, राजश्व संकलन, वित्तीय स्थिरता लगायतका आर्थिक चुुनौतीहरु मुुलुुकले भोगिरहेको अध्यक्ष अग्रवाले बताउनुुभयो ।
करिव ६ वर्षदेखि नै कोभिड १९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुुज्रिरहेको उहा“को भनाई छ । उहा“ले भन्नुुभयो,‘ अपार प्राकृतिक श्रोतहरुले भरिपूूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरुको अभावले आर्थिक समृद्धि हासिल गर्नुु त परै जावस आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत श्रृजना हुुन सकेको छैन, ।
’विगतका संकुुचित र अव्यवहारिक मौद्रिक नीतिहरुका कारण पछिल्लो ४ वर्षमा १ लाख ५० हजार भन्दा बढी उद्यमी व्यवसायीहरु कर्जा कालोसूूचीमा परेको अध्यक्ष अग्रवालले बताउनुुभयो । लामो समय देखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई लागि सहजता प्रदान गर्न नेपाल राष्ट्रबैंकद्धारा जारी चालुुपूू“जि कर्जा निर्देशिकालाई खारेज गर्नुुपर्ने अध्यक्ष अग्रवाललको भनाई छ ।
