काठमाडौं । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर प्रभाकर थापा नियुक्त भएका छन्।
गत असार ३२ को सञ्चालक समिति बैठकले थापालाई सीईओ नियुक्त गरेको हो।
सीईओ नियुक्तिका लागि छनौट गर्न गठित छनौट तथा सिफारिस समितिले उक्त नियुक्तिसम्बन्धी कार्यविधिको दफा १३ अनुसार छनोट गरी उनको नाम सिफारिस गरेको थियो।
कम्पनीको सिइओका लागि थापा सहित १३ जनाले आवदेन दिएका थिए ।संचालक समितिमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव कृष्णराज पन्थ अध्यक्ष रहेका छन् ।सीईओ बनेका थापा मोरङका हुन्।