काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन जना सञ्चालक निर्वाचित भएका छन् ।
२५औँ वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार सर्वसाधारण शेयरधनीहरूको समूहबाट ती सञ्चालक निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरूमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन छन् । कम्पनीको २५औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को सञ्चालक निर्वाचनसम्बन्धी बाँकी काम हिजो शनिबार वीरगञ्जमा सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ ।
निर्वाचन कार्यक्रम सम्पन्न भएलगत्तै हिजै बसेको सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना सञ्चालक सदस्यहरुले कम्पनीका अध्यक्ष गोविन्द लाल संघइबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन् ।
FACEBOOK COMMENTS