काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुरक्षा जाँचका क्रममा सङ्कलन भएका तथा बेवारिसे अवस्थामा फेला परेका विभिन्न निषेधित सामग्रीहरू नष्ट गरेको छ ।
विमानस्थलको प्रस्थानतर्फ सुरक्षा जाँच गर्दा यात्रुहरूबाट बरामद गरिएका र लामो समयसम्म सम्बन्धित धनी लिन नआएका २९ प्रकारका सामग्रीलाई विमानस्थलकै डम्पिङ क्षेत्रमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख १५ गतेसम्म सङ्कलन भएका सामग्रीहरू बुधबार नष्ट गरिएको हो ।
सामान्यतया यात्रुहरूले झुक्किएर छाडेका वा सुरक्षाका कारण लैजान नमिल्ने भनी राखिएका सामग्रीहरू कार्यालयले सुरक्षित राख्ने र धनी सम्पर्कमा आए बुझाउने गर्दछ । तर, यसपटक ठूलो परिमाणमा जम्मा भएका र हकदाबी नभएका वस्तुहरूलाई सुरक्षा संवेदनशीलताका कारण नष्ट गरिएको प्रहरीले बताएको छ ।
विमानस्थल सुरक्षा कार्यालयले हवाई यात्राका क्रममा सुरक्षा नियमको पालना गर्न र प्रतिबन्धित सामग्रीहरू साथमा नलैजान यात्रुहरूलाई पुन: सचेत गराएको छ ।

नष्ट गरिएका सामग्रीका विवरण–

