काठमाडौँ । नेप्से परिसूचक आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा ओर्लिएको छ।
बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ। यसमा पनि जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ।
आज २५७ वटा कम्पनीका एक करोड सात लाख कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ८६ करोडको कारोबार भएको छ। आज सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र लिबर्टी इनर्जीको सयर सात प्रतिशतभन्दा बढीले घटेको छ। तर समग्रमा बजार घटेपनि आदर्श लघुवित्त, सानिमा जीआइसी इन्सुरेन्स, कुमारी बैंक र स्टान्डर्ड चार्टड बैंकको शेयरमा भने सकारात्मक सर्किट लागेको छ।