काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले आगामी सोमबार इन्धनको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नयाँ मूल्य सूची पठाएसँगै एनओसीले मूल्य समायोजन गर्ने तयारी गरेको हो ।
आईओसीले हरेक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । सोही सूची अनुसार नेपालमा स्वचालित मूल्य प्रणालीमार्फत मूल्य परिवर्तन हुने गरेको छ । सोही अनुसार नेपाल आयल निगमले कात्तिक ३० गते नै नयाँ सूची प्राप्त गरिसकेको छ ।
यसअघि निगमले दसैं र तिहारलगायत चाडबाडको पूर्वसन्धयामा गरेको मूल्य वृद्धि सरकारको दबाबका कारण तत्काल घटाएको थियो । भारतले पठाएको मूल्य सूची अनुसार मूल्य थपघट गर्न नपाउँदा निगम पुन: घाटामा जान लागेकाकाले पुन: मूल्य परिमार्जन गर्न लागेको बताइएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहेकाले नेपालमा पनि मूल्य घट्ने अनुमान गरिएको छ । पेट्रोल, डिजेल र मट्टीतेललगायत इन्धनको मूल्य घटे पनि यसअघि उच्च वृद्धि भएको खाना पकाउने ग्यासको मूल्य भने नघट्ने स्रोतको दाबी छ ।
FACEBOOK COMMENTS