काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसमक्ष विभिन्न नौ बुँदे माग राख्दै संयुक्त ध्यानाकर्षण गराएका छन्।
आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागिता रहेको थियो।
बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा रहेका सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई उचित विकल्प र पहिचानबिना हटाउन लागिएको भन्दै आपत्ति जनाएको छ । नागरिकको आवासको हक सुनिश्चित गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।



