काठमाडौं । अनर एक्स९बी फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
उद्योग-अग्रणी ५-तारे रेटिङ र एसजीएसबाट ड्रप रेजिस्टेन्स सर्टिफिकेसनसहितको बलियो र अल्ट्रा-टफ डिस्प्लेको विशेषता रहेको अनर एक्स९बी ५जी सोमबारदेखि नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो स्मार्टफोनमा १२ं२५६ जीबीको ठूलो स्टोरेज र ५८०० एमएएच ब्याट्री रहेको छ । कम्पनीले २१ जनवरीदेखि नेपालमा प्रि-बुकिङ सुरू गरेको थियो । २७ जनवरीमा प्रि-बुकिङ सकिएसँगै यो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको हो ।
डिस्प्ले र डिजाइन
कम्पनीका अनुसार ‘अनर एक्स९बी’ मा अनर अल्ट्रा-बाउन्स एन्टी-ड्रप प्रविधि समावेश छ । जसका कारण स्मार्टफोन क्षेत्रमै पहिलो पटक एसजीएसबाट ५ स्टार रेटिङ्ग पनि पाएको छ । अनर अल्ट्रा-बाउन्स एन्टि-ड्रप डिस्प्लेले उन्नत कुसनिङ टेक्नोलोजी प्रयोग गरिएको छ । जसले झटका अवशोषण क्षमतालाई १.२ गुणासम्म बढाउँछ, उचाइबाट खस्ने बेलामा पनि अत्यधिक स्थायित्व सुनिश्चित गर्दछ । एकदमै बलियो डिस्प्ले भएको अनर एक्स९बीलाई उचाइबाट खसाल्दा तथा धेरै झट्काहरु पर्दा पनि केही नहुने कम्पनीले जनाएको छ
अनर एक्स९बीमा उत्कृष्ट विवरणहरूको साथ एक स्लिक र आधुनिक सौन्दर्य डिजाइन देख्न सकिन्छ । साथै सनराइज ओरेन्ज, इमरल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तीन रंगमा उपलब्ध छ । जहाँ सनराइज ओरेन्ज यसको ब्याकसाइडमा भेगन लेदरको साथ उपलब्ध छ ।
क्यामेरा
अनर एक्स९बीमा १०८ एमपी अल्ट्रा क्लियर क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा गरी ट्रिपल क्यामेरा रहेको कम्पनीको भनाइ छ ।
क्यामेराले ३एक्स जुम र उत्कृष्ट गति क्याप्चर इन्जिनको साथ उच्च अप्टिकल गुणस्तर पनि प्रदान गर्दछ, जसले गर्दा अनर एक्स९बीले आकर्षक विवरणहरूसहित स्पष्ट स्न्यापसटहरू उत्पादन गर्दछ । सेल्फी खिच्नका लागि १६ एमपी क्यामेरा प्रयोग गर्न सकिन्छ ।
ब्याट्री
अनर एक्स९बी टिकाउ र लामो समयसम्म चल्ने ५८०० एमएएच ब्याट्रीको साथ उपलब्ध रहेका कारण एक पटक चार्ज गरेपछि ३ दिनसम्म टिक्छ । जसले प्रयोगकर्ताहरूलाई भरपर्दो प्रदर्शन र चिन्तामुक्त अनुभव प्रदान गर्दछ । चार्जिङका लागि यसमा ३५ वाटको चार्जर पनि उपलब्ध हुन्छ ।
पर्फर्मेन्स
Qualcomm स्न्यापड्रागन ६ जेन १ मोबाइल प्लेटफर्ममार्फत सञ्चालित, अनर एक्स९बीले जीपीयू कार्यसम्पादनमा ३५ प्रतिशत वृद्धि र सीपीयू दक्षतामा ४० प्रतिशत वृद्धिको साथ उत्कृष्ट फ्ल्यागसीप क्षमताहरू प्रदान गर्दछ ।
एन्ड्रोइड १३ मा आधारित नवीनतम म्याजिकओएस ७.२ मा सञ्चालित हुने, ‘अनर एक्स९बी’ले थप सुविधाजनक अनुभव पनि प्रदान गर्नु को साथै ९१२ं२५६०जीबी भेरियेन्टमा उपलब्ध हुने भएकाले स्टोरेजको पनि चिन्ता लिनु पर्दैन ।
कति पर्छ मूल्य ?
सेलट्रोन नेपालले अनर एक्स९बी ९१२ं२५६०जीबी भेरियन्टको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकेको छ । ग्राहकले अनर एक्स९बीलाई अफलाइन र अनलाइन दुवै प्लेटफर्मबाट खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो नजिकैको अनर अधिकृत स्टोरहरूबाट किन्न सक्छन् भने अनलाइनका लागि दराज वा हुकुट मध्ये कुनै पनि अनलाइन प्लेटफर्महरू बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS