काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले काठमाडौंको बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिमा छुट पाउने भएका छन् ।
आफ्ना ग्राहक र कर्मचारीलाई छुट सुविधा उपलब्ध गराउन बैंकले सो अस्पतालसँग सम्झौता गरेको छ । चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटका हस्पिटल डाइरेक्टर सञ्जीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले सो समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटमा पेश गर्नुपर्ने छ ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।