काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर सात गते माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो । दुवै पक्षलाई छुट्टाछुट्टै स्थान तोकिदिने तयारी भएको छ ।
दुवै पक्षलाई एकै स्थानमा प्रदर्शन गर्न दिँदा झडप समेत हुन सक्ने भन्दै सुरक्षा निकायले चिन्ता प्रकट गरिरहेको छ ।
युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।
FACEBOOK COMMENTS