काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले आज फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।
FACEBOOK COMMENTS