काठमाडौं । पूर्व बैंकर एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अनिल केशरी शाहले सञ्चारमाध्यमले दाबी गरे अनुसार आफ्नो पार्टी सभापति रवि लामिछानेको खातामा कुनै पैसा जम्मा नभएको बताएका छन् ।
पार्टीका सभापति रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको विषयमा स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य शाहले लामिछानेको खातामा पैसा राख्न खोज्नेको खातामा नै पैसा नहुँदा रवि लामिछानेको खातामा पैसा जम्मा नभएको बताएका हुन् ।
उनले भने, ‘सभापतिजी (रवि लामिछाने)को केसमा मात्र यस्तो होइन । यो बैंकिङ प्रणालीमा नै यस्तो हुन्छ । हामीले भौचर भरेको अनुसार टेलरमा हेर्छ र बैंकले त्यही अनुसार जम्मा गर्छ । तर, त्यहाँ जसले जम्मा गरेको हो उसको खातमा पैसा नपुग्दा खातमा पैसा जम्मा भएन । यो सन् २०२२ मा भएको कुरा हो । आजको करा होइन ।’ रवि लामिछानेको खातामा चेक डिपोजिट गरेको भए पनि पैसा एक रुपैयाँ नआएको दाबी उनको छ ।
१ करोड मेरो खातामा जम्मा भए कारबाहीको भागेदार हुन्छु: रवि लामिछाने
