काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै आधा घण्टा छलफल भएको छ । आगामी रणनीतिका बारेमा केन्द्रिय समितिबाट छलफल गरे अघि बढ्नेगरी छलफल भएको छ । आगामी रणनीतिको विषय आफ्नो धारणा राख्ने र पर्सिसम्म पत्रकारसम्मेलन गरेर जानकारी दिने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । उनले भने,‘ राजनीतिक प्रतिशोध साध्न अनावश्यक हिरासतमा राखिएको छ ।’
त्यस्तै उपसभापति स्वर्णिम वाग्ले आगामी आन्दोलनको स्वरुप बारे थप ब्यापकीकरण गरेर जाने बताए । उनले भने,‘ केन्द्रिय समिति आगामी एउटा प्रतिवेदन बनाएको छ, त्यसले आगामी दिनभित्र जारी गर्ने र बाँकी आन्दोलन जारी राख्ने तयारी छ ।’
अर्यालले रवि लामिछाने रहेसम्म पार्टीसभापति उहाँ नै भनेको विषयलाई अतिरञ्जित गरिएको बताए । उनले भने,‘ हामीसँग एउटा विद्यान छ, त्यो विद्यानले दिएसम्म, उहाँरहेसम्म हुने हो,त्यसलाई एउटा बिब्बको रुपमा बुझ्नुपर्छ ।’ रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा।स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको थियो ।
रास्वपा सभापति लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेर अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS