काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको आन्दोलनबाट नडराउन सरकारलाई आग्रह गरेका छन् ।
लोकतन्त्रमा एउटा जिम्मेवार र इमानदार राजनीतिक पार्टीले गर्न लागेको सडक आन्दोलनबाट सरकार धेरै डराएको टिप्पणी गर्दै उनले घोषणा गरिएकोबाहेक अरु कुनै गतिविधि नगर्ने विश्वास सरकारलाई दिलाएका छन् । आजको आन्दोलन लोकतन्त्रमा जनताको अधिकारलाई सङ्कुचित बनाउने सरकारी निरङ्कुशताविरुद्ध भएको पनि उनले स्पष्ट पारेका छन् ।
‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ,’ अध्यक्ष लिङ्देनले भनेका छन्, ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
FACEBOOK COMMENTS