काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ ।
सर्कुलरसँगै पार्टी मुख्यालयमा कार्यकर्ताहरुको उपस्थित बढ्न थालेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।
आजै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । उनी गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन् । पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको प्रतिवेदनमा उल्लेख छ ।
गितेन्द्रबावु (जीबी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । रविलाई पनि आजै पक्राउ हुन सक्ने चर्चा समेत चलेको छ ।
FACEBOOK COMMENTS