काठमाडौं । सुडानमा विद्रोही समूहले एक शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० जनाभन्दा बढीको मृत्यु भएको छ । सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले उक्त आक्रमण गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
आरएसएफले गत साता अल–फाशिर शहरनजिकै रहेका शरणार्थी शिविरहरूमा जमिन र हवाई दुवै आक्रमण गरेको थियो ।
सुडानमा विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच दारफुर क्षेत्र कब्जामा लिन सङ्घर्ष चलिरहेको छ । दुई पक्षबीच अप्रिल २०२३ देखि सत्ताका लागि भइरहेको रक्तपातपूर्ण सङ्घर्षका कारण लाखौँ मानिसहरू घरबारविहीन भएका छन् ।
राष्ट्रसङ्घले बिहीबारदेखि शनिबारसम्मको आक्रमणमा १४८ जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकको सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी पनि दिएको छ ।
FACEBOOK COMMENTS