काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ ।
यस सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीनवटा मोडल रहेका छन् ।सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक २,००० निट्ससम्म पुग्छ ।
प्रिमियम आल्मुनियम एलोय फ्रेमसहितको यस स्मार्टवाचमा सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने ब्याट्री रहेको छ । डुअल १ ५–कथकतझ न्ल्क्क्, विभिन्न स्वास्थ्यसम्बन्धी निगरानी सुविधा तथा दुईवटा बटनमार्फत सहज सञ्चालन गर्न सकिने सुविधाले यसलाई दैनिक प्रयोगका लागि उपयोगी बनाएको छ । साथै, ५ एटीएम पानी प्रतिरोधी क्षमताका कारण पानीको सम्पर्कमा आउँदा पनि यसको सुरक्षा कायम रहन्छ ।
त्यसैगरी, रेड्मी वाच–६ लाइट मा १.९६ इन्चको एमोलेड डिस्प्ले र १,५०० निट्ससम्मको अधिकतम चमक रहेको छ । ५ एटीएम पानी प्रतिरोधी क्षमतासहितको यस स्मार्टवाचमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान, ९ प्रकारको गति मापन गर्ने सेन्सर तथा व्यावसायिक पौडी मोडलगायतका सुविधा छन् । ४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ ।
यसमा मुटुको धड्कन मापन गर्ने सेन्सर, प्रकाश सेन्सर र एक्सेलेरेसन सेन्सरलगायतका सुविधासमेत रहेका छन् । रेड्मी वाच–६ एक्टिभ मा १.८५ इन्चको एमोलेड डिस्प्ले र १,२०० निट्ससम्मको अधिकतम चमक रहेको छ।
लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी यसमा आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमता दिइएको छ । ९.९ मिलिमिटरको पातलो र हलुका फ्ल्याट–एज डिजाइन तथा सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण यो दैनिक प्रयोगमा आरामदायी रहेको छ ।
यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO₂) र तनावको निगरानी गर्ने सुविधा पनि रहेको छ । सामान्य प्रयोगमा यसको ब्याट्री १८ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।
रेड्मी वाच–६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध छ । यसको मूल्य रु. २०,४९९ तोकिएको छ । त्यसैगरी, रेड्मी वाच–६ लाइट ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध छ, जसको मूल्य रु. १४,९९९ रहेको छ । रेड्मी वाच–६ एक्टिभ भने मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ र यसको मूल्य रु. १०,९९९ तोकिएको छ ।