काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका बासिन्दाले नापी भएको ५८ वर्षपछि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन्।
२०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको यो क्षेत्रमा ३२४ वटा दर्ता कायम भएका थिए। त्यसमध्ये २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको छ।
लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित भएको छ। अब किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने स्थानीय बासिन्दाले अपेक्षा गरेका छन्।
दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका उनीहरू लालपुर्जा पाएपछि खुशी देखिएका छन्।