काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै ।
संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै ।
त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेड प्रस्तुत गर्दै नेपाली सेना ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको कार्य्रकममा राना थारु समुदायको लोकसंस्कृति झल्काउँने होरी नृत्यु प्रस्तुत गर्दै थारु समुदायका कलाकार ।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको कार्य्रकममा राना थारु समुदायको लोकसंस्कृति झल्काउँने होरी नृत्यु प्रस्तुत गर्दै थारु समुदायका कलाकार ।
‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेश राजधानी देउखुरीमा बिहीबार निकालिएको प्रभातफेरीमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत ।
संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ । यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा सरसफाइ कार्यक्रममा सहभागीहरु।
सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार गण्डकी प्रदेश सरकारद्वारा आयोजित कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट।संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशी ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार झापाको चन्द्रगढीमा निकालिएको प्रभातफेरी ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार बाँकेको नेपालगञ्जमा निकालिएको प्रभातफेरीमा सहभागीहरु ।संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत ।संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा गण्डकी प्रदेश सरकारद्वारा निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत ।संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा बिहीबार चितवनको भरतपुरमा निकालिएकोे प्रभातफेरी ।
FACEBOOK COMMENTS